एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
पाठ १ : सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाको अन्तरसम्बन्ध
क. जीवन उपयोगी शिक्षामा समावेश हुने विषयवस्तु के कस्ता छन्?
उत्तर: व्यक्ति स्वयंको शारीरिक, मानसिक र आध्यात्मिक समुन्नतिको लागि क्रियाशील रहने साथै परिवार, अन्य व्यक्तिहरू, समुदाय र समाजसँग उपयोगी व्यवहार गर्ने खालको शिक्षालाई जीवन उपयोगी शिक्षा भनिन्छ। जीवन उपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू यस्ता छन्:
- समय व्यवस्थापन
- सामाजिक सद्भाव र सहिष्णुता
- समस्या समाधान र निर्णय क्षमताको विकास
- भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence)
ख. जीवनोपयोगी सिपअन्तर्गत पर्ने छ ओटा मुख्य क्षेत्रहरू के के हुन्?
उत्तर: जीवनोपयोगी सिप अन्तर्गतका क्षेत्रहरू निम्नानुसार छन्:
- सञ्चार र अन्तर्वैयक्तिक सिप
- निर्णय गर्ने र समस्या समाधान सिप
- सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप
- आत्मजागरुकता
- उत्थानशिलता
- भावनात्मक सन्तुलन र तनाव व्यवस्थापन
ग. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन्?
उत्तर: सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा एकअर्कासँग गहिरो रूपमा अन्तरसम्बन्धित छन्। सामाजिक अध्ययनले व्यक्तिलाई समाज, संस्कृति, र नागरिक कर्तव्यका बारेमा जानकारी दिन्छ भने जीवन उपयोगी शिक्षाले व्यवहारिक सीप र दैनिक जीवनमा प्रयोग हुने ज्ञान प्रदान गर्छ। यी दुवै शिक्षाले व्यक्ति सोच्न, बुझ्न र समस्याको समाधान गर्न सक्षम बनाउँछन् र जिम्मेवार तथा आत्मनिर्भर नागरिक बनाउन सहयोग गर्छन्। यसैले, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा एक अर्काका पूरक हुन्।